logo-img

कोशीका मुख्यमन्त्रीले सहमतीय सरकार बनाउने

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सबै राजनीतिक दलको सहमतिमा मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । सहमतीय सरकार सञ्चालनको प्रयास गर्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको उनले बताए । 

झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय झापाली समाजको चौथो महाधिवेशनमा मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा सहमतीय मन्त्रिपरिषद् विस्तार हुने स्पष्ट पारे । 

सबै राजनीतिक दललाई मिलाएर कोशी प्रदेशको समृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्रीले कोशी प्रदेश सरकार अब नढल्ने दाबी गरे । 

गत असोज २७ गते मुख्यमन्त्री पदमा नियुक्त भएक कार्कीले असोज २८ गते दुईजना मन्त्री नियुक्त गरेका थिए । त्यसपछि मन्त्रिपरिषद् विस्तार भएको छैन । 
    
समृद्धिका लगानी लगानी गर्न आह्वान

मुख्यमन्त्री कार्कीले अन्तर्राष्ट्रिय झापाली समाजलाई कोशी प्रदेशको समृद्धिका लागि योजनासहित लगानी भित्र्याउन आह्वान गरेका छन् । 

विदेशमा रहेका नेपालीको सीप, प्रविधि र लगानी भित्र्याउन प्रदेश सरकार आतुर रहेको धारणा व्यक्त गर्दै उनले लगानीमैत्री कानुन बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 



नयाँ कार्यसमिति गठन

समाजको आज सम्पन्न चौथो महाधिवेशनले मुकुन्द ढुंगानाको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत गठन गरेको छ ।



  • प्रकाशित मिति : कात्तिक १२, २०८० आइतबार २१:७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया