logo-img

मेक्सिकोमा ओटिस आँधी : मृतकको संख्या ३९ पुग्यो, १० जना बेपत्ता

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

दक्षिण मेक्सिकोमा ओटिस आँधीका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ । मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा ओटिस आँधीका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको हो । त्यस्तै, १० जना बेपत्ता भएको मेक्सिको सरकारले जनाएको छ । 

करिब ८० प्रतिशत होटल पूर्वाधारमा क्षति पुगेको र अत्यावस्यक सेवाहरू बन्द भएको अनुमान गरिएको छ । करिब ५५ प्रतिशत क्षेत्रमा विद्युत् आपूर्तिमा क्षति पुगेको बताइएको छ ।   

मेक्सिकन राष्ट्रपति म्यानुअल लोपेज ओब्राडोरले क्षतिग्रस्त अकापुल्कोमा सहयोगका लागि आफूहरूले प्रयास जारी राखेको बताएका छन् ।





  • प्रकाशित मिति : कात्तिक १३, २०८० साेमबार ९:४९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया