logo-img

प्रचण्डहरू दक्षिणपन्थी अवसरवादी हुन्, जनताको अगाडि नंग्याउनुपर्छ : बादल

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकपा माओवादी छाडेर एमालेका उपाध्यक्ष बनेका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दक्षिणपन्थी अवसरवादीको संज्ञा दिएका छन् । 

पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेशको शपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

प्रचण्डसँगै माधव नेपाल र वामदेव गौतममा पनि दक्षिणपन्थी अवसरवाद देखापरेको भन्दै बादलले उनीहरुलाई जनताको अगाडि नंग्याउनुपर्ने टिप्पणी गरे । 

,‘प्रचण्ड, माधव नेपालहरुमा अराजकतावादी प्रवृत्ति देखापर्यो,’ उनले भने, ‘जनताको अगाडि उनीहरूलाई नंग्याउने र भण्डाफोर गरेर एमालेको झण्डामुनि राख्न जरुरी छ ।’ 

अन्यथा मिसन २०८४ सफल नहुने उनले बताए । मिसन २०८४ समाजवादी आन्दोलनलाई निष्कर्षमा पुर्याउने वर्ष भएको उनको दाबी छ । 





  • प्रकाशित मिति : कात्तिक १३, २०८० साेमबार १६:२६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया