logo-img

काेशी प्रदेश : मन्त्रिपरिषदले कहिले पाउँछ पूर्णता ?

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कोशी प्रदेश मन्त्रिपरिषद् विस्तारबारे अझै टुंगो लाग्न सकेको छैन । मन्त्रिपरिषद् विस्तारको विषयमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सोमबार छलफल भएको थियो । सो छलफल बिनानिष्कर्ष सकियो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री केदार कार्की र एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीबीच छलफल भएको थियो । छलफलका क्रममा सरकारमा कुन–कुन दललाई सहभागी गराउने भन्नेबारे कुराकानी भएको जनाइएको छ । 

एमालेका प्रमुख सचेतक भण्डारीका अनुसार नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीमध्ये तत्कालका लागि कुनै एक दलका प्रतिनिधिलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गर्नेबारे छलफल भएको छ ।

सत्तारुढ गठबन्धनमा आबद्ध सबै दललाई सरकारमा सहभागी गराइए आफू सरकारमा बस्न नसक्ने एमालेले बताउँदै आएको छ । छलफलमा सहभागी नेपाली कांग्रेसका सांसद शमशेर राईले गठबन्धनभित्रको कुनै एक दललाई सहभागी गराएर सरकार विस्तार गर्न सकिनेबारे छलफल भएको जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले भने सर्वदलीय सहमतिको सरकार बनाउनु आवश्यक रहेको भन्दै त्यसका लागि सार्वजनिक अपिल गर्दै आएका छन् । ​कांग्रेसको शेखर कोइराला पक्षका कार्की गत २७ असोजमा मुख्यमन्त्री बनेका थिए ।

मुख्यमन्त्री भएलगत्तै उनले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । हाल मन्त्रिपरिषद्मा कार्कीबाहेक एकजना कांग्रेसका र अर्का एकजना एमालेका मन्त्री सहभागी छन् ।



मन्त्रिपरिषदमा एमालेका राम राना र कांग्रेसका शमशेर राईलाई बिना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री कार्कीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका सांसदले विश्वासको मत दिएका थिए ।

९३ सदस्यीय कोशी प्रदेश सभामा रहेका एमालेका ३९, कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका एक गरी ८६ जना सांसदले कार्कीलाई विश्वासको मत दिएका थिए । 



  • प्रकाशित मिति : कात्तिक १४, २०८० मंगलबार १०:२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया