logo-img

कुटपिट आरोपमा महेश बस्नेतविरुद्ध प्रहरीमा उजुरी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष बद्री केसी र नेकपा (एमाले)का नेता महेश बस्नेतविरुद्ध कुटपिट आरोपमा प्रहरीमा उजुरी परेको छ।

नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष ओम शर्माले दरबारमार्गस्थित प्रहरी वृत्तमा उजुरी दिएका हुन्। मंगलबार एनआरएनएको बालुवाटारस्थित कार्यालयमा युवा संघको कार्यक्रम किन गरेको भनी प्रश्न उठाउँदा आफूमाथि कुटपिट भएको उनको दाबी छ । 

एनआरएनए कार्यालयमा पुगेका समानान्तर कमिटीका अध्यक्ष आरके शर्मा र पत्रकार शर्मामाथि युवा संघका कार्यकर्ताले मंगलबार दुर्व्यवहार तथा कुटपिट गरेका थिए। कुटपिटबाट शर्माको मुखमा चोट लागेको छ।

एनआरएनएको महाधिवेशनमा धाँधली गरेर केसीलाई निर्वाचित घोषणा गरेको भन्दै महेश श्रेष्ठ र शर्मा पक्षले समानान्तर समिति गठन गरेका छन् । 

एनआरएनएमा को आधिकारिक भन्नेमा अहिले विवाद चुलिएको छ । 





  • प्रकाशित मिति : कात्तिक १४, २०८० मंगलबार २०:१२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया