logo-img

प्रस्तावित राजदूत पौड्यालमाथि संसदीय सुनुवाइ समितिले गर्यो उजुरी आह्वान

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको अनुपयुक्तताको सम्बन्धमा उनीमाथि उजुरी आह्वान गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालउपर उजुरी आह्वान गरेको हो । बैठकले क्यानडाका प्रस्तावित राजदूतउपर उजुरी गर्न चाहनेका लागि १० दिनको समय दिएको छ । 

प्रस्तावित राजदूतका पौड्याल उपयुक्त छैनन् भन्ने लागेमा १० दिनभित्र स्पष्ट हुनेगरी उजुरीकर्ताले समितिमा सूचना वा उजुरी दिन सक्नेछन् । उजुरीकर्ताले चाहेमा उसको नाम, थर र वतन गोप्य रहनेसमेत समितिले बताएको छ ।

बैठकमा समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले प्रस्तावित राजदूत पदमा नियुक्तिका लागि सिफारिस व्यक्तिबारे सर्वसाधारणलाई जानकारी दिने, सो पदका लागि अनुपयुक्त लागेमा सूचना प्रकाशित भएको मितिले सरकारी सञ्चारमाध्यममार्फत सूचना प्रकाशित गर्न प्रस्ताव गरेका हुन् । सो प्रस्तावलाई समितिले सर्वसम्मतिले पारित गरेको थियो ।

निर्णय सुनाउँदै जबराले भने, ‘क्यानडाको लागि प्रस्तावित व्यक्तिको बारेमा संसदीय सुनुवाइ समितिले अनुपयुक्तताको बारेमा उजुरी माग गर्नेसम्बन्धी सूचना प्रकाशन तथा प्रसारण गर्न समिति सचिवलाई निर्देशन दिन्छु ।’

उजुरी आह्वानपछि प्रस्तावित राजदूतको संसदीय समितिमा सुनुवाइ हुने र समितिले अनुमोदन गरेपछि मात्र पौड्याल राजदूत नियुक्त हुनेछन् ।





  • प्रकाशित मिति : कात्तिक १५, २०८० बुधबार १५:४०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया