logo-img

नेताहरूले पूरै देश बेचे भने पनि काठमाडौं एक्लै नेपाल भनेर उभिनेछ : बालेन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

काठमाडौं महानगरका प्रमुख बालेन शाहले १७ वटा नगरपालिकाले कुनै निजी कम्पनीबाट पैसा खाएर महानगरको बैठक बहिस्कार गरेको आरोप लगाएका छन् । 

बुधबार साँझ सामाजिक सञ्जामार्फत उनले यस्तो आरोप लगाएका हुन् । उनले लेखेका छन्, '१७ वटा नगरपालिकाले कुनै Private Company बाट पैसा खाएर बसाएको बैठक बहिसकार गरेको हो, कसैको अपमान गरेको होईन ।’

नेताहरुले देश नै बेच्न खोजिसकेको भए पनि काठमाडौं महानगर बिक्रीमा नरहेको भन्दै उनले कटाक्ष गरेका छन् । 

उनले थप लेखेका छन्, ‘नेताज्युहरुले त देश नै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन । तपाईंहरुले पुरै देश नै बेच्नुभो भने पनि काठमाडौं एक्लै भए पनि नेपाल भनेर उभिनेछ ।’





  • प्रकाशित मिति : कात्तिक १५, २०८० बुधबार २०:१३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया