logo-img

युनाइटेडलाई हराउँदै न्युक्यासल काराबाओ कपको क्वार्टरफाइनलमा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

न्युक्यासल युनाइटेड काराबाओ कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा म्यानचेष्टर युनाइटेडलाई ३–० ले हराएसँगै  बाहिरिएको छ ।

न्युक्यासलले अब अन्तिम चार प्रवेशको लागि लन्डन क्लब चेल्सीको सामना गर्नेछ । 

खेलको २८औँ मिनेटमा मिगुयल अल्मिरोनले खेलमा अग्रता लिए । उनले भ्यालेन्टिनो लिभ्रामेन्टोले गोल गरेका हुन् । ३६औँ मिनेटमा लेविस हलले गोल गर्दै अग्रता २–० को बनाए ।  

पहिलो हाफमा दुई गोल गरेको न्युक्यासलले दोस्रो हाफमा थप एक गोल गरेको थियो । खेलमो ६०औँ मिनेटमा जोइ विलोकले गोल गरे ।    
 





  • प्रकाशित मिति : कात्तिक १६, २०८० बिहीबार ७:२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया