सबै मिलेर संसदलाई अझ प्रभावकारी बनाउनुपर्छ आवश्यक : रामहरि खतिवडा

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदलाई सबै एकताबद्ध भएर अझ प्रभावकारी बनाउनु पर्ने बताएका छन् । 

आज प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले संसद र संसदीय व्यवस्थाप्रति आकर्षण भएन भने संविधानप्रति आकर्षण कम हुने भन्दै यसलाई प्रभावकारी बनाउन सबै एक भएर लाग्नुपर्ने अवस्था आएको बताए । 

उनले भने, ‘संसदप्रति आकर्षण भएन, संसदीय व्यवस्थाप्रति आकर्षण भएन भने हामीले बनाएको संविधानप्रति आकर्षण कम हुन्छ । त्यसैले यो संसदलाई अझ दरोसाथ सबैले एकताबद्ध भएर एउटा पार्टीले अर्को पार्टीलाई गाली नगरीकन, काम गर्ने समय आएको छ । जिम्मेवारी झन् थपिएको छ ।’

यस्तै, उनले नेपालको राजनीतिक स्थिरताका लागि समानुपातिक प्रतिनिधित्व आवश्यक भएको भन्दै तर समानुपातिकमा एक पटक भन्दा बढी आउन नपाउने पद्धतिको सुरुवात गर्नुपर्ने बताए । 

उनले भने, ‘नेपालको राजनीतिक स्थिरताका लागि समानुपातिक प्रणाली आवश्यक छ । यसलाई राष्ट्रिय सभामा परिणत गरौँ । संविधान संशोधन गर्नुपर्छ, प्रतिनिधि सभालाई प्रत्यक्ष गरौँ । यसमा सबै दलहरू एक हौ । एक पटकभन्दा बढी समानुपातिकमा आउने पद्धति ल्याउनु हुँदैन । यसबारे छलफल सुरु भएको छ ।’





  • प्रकाशित मिति : कात्तिक १६, २०८० बिहीबार १७:३३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया