logo-img

कोशीमा मन्त्रिपरिषद् विस्तार : माओवादी र नेकपा एसबाट थपिए एक/एक मन्त्री

कोशी प्रदेश मन्त्रिपरिषद् विस्तार गरिएको छ । मन्त्रिपरिषद्मा दुईजना मन्त्री थपिएका छन् । माओवादीका गणेश उप्रेती र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जवेगु मन्त्रिपरिषदमा थपिएका हुन् ।

दुवै मन्त्रीले आजै पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले यसअघि मन्त्रिपरिषदमा एमालेबाट रामबहादुर राना मगर र काँग्रेसका शमशेर राईलाई मन्त्री नियुक्त गरेका थिए ।

मुख्यमन्त्री कार्कीसहित अब कोशी प्रदेश सरकार पाँच सदस्यीय बनेको छ । ​पुराना र नयाँ थपिएका सबै मन्त्रीहरू हाल बिना विभागीय छन् ।

गठबन्धन दलहरूबीच छलफल भएपछि उनीहरूलाई जिम्मेवारी दिइने भएको छ । 





  • प्रकाशित मिति : कात्तिक १७, २०८० शुक्रबार १९:४२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया