logo-img

भूकम्पबाट घाइतेका लागि नेपालगञ्जका अस्पताल तयारी अवस्थामा

जिल्ला प्रशासन बाँकेले गएराति जाजरकोटमा गएको भूकम्प प्रभावित मानिसको उपचारका लागि स्थानीय अस्पताल र रक्तदाता तयारी अवस्थामा रहने प्रबन्ध गरेको जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले भूकम्पका गम्भीर घाइतेको उपचारका लागि बाँके प्रशासनबाट बिहान ३ः२१ बजेबाटै तयारी थालिएको जानकारी दिए ।  

भेरी अस्पताल नेपालगञ्जलाई उपचारको लागि मुख्य केन्द्र अस्पताल तोकिएको भने व्यक्तिगत पहलमा उपचारका लागि आउने घाइतेको आफन्तजनको सहजताको लागि पनि नरेश श्रेष्ठलाई सम्पर्क व्यक्ति तोकिएको छ । प्रभावितलाई उनको सम्पर्क नम्बर  ९८५११४३६६६ मा सम्पर्क गर्न पनि भनिएको छ ।

कोहलपुर मेडिकल कलेजलाई तयारी अवस्थामा राखिएको छ भन निजी अस्पताललाई पनि तयारी रहन भनिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।  
त्यसैगरी भेरी अस्पताल, सैनिक असपताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको छ भने कोहलपुर मेडिकलकलेजलाई पनितयारी अवस्थामा राखिएको जनाइएको छ । 

अस्पतालहरूमा पर्याप्त मात्रामा डाक्टर, नर्सिङ स्टाफ र लजिस्टिकको प्रबन्ध मिलाइएको जनाइएको छ । साथै हेलिकोप्टरबाट आउने बिरामीको लागि राँझा विमानस्थल र सेनाको हेलिप्याडमा २/२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ ।

त्यसैगरी ब्लडको मौज्दात रहेको छ भने अपुग भएमा फ्रेश ब्लड आपूर्तिको लागि रक्तदाता सुरक्षाकर्मीको व्यवस्थासमेत मिलाइएको जनाइएको छ । भूकम्पमा गम्भीर घाइते भएका जाजरकोट भेरी नगरपालिका–३ खलंगाका ४८ वर्षीय विमलकुमार कार्कीलाई राति नै उपचारका लागि भेरी अस्पतालमा भर्ना गरिएको छ ।





  • प्रकाशित मिति : कात्तिक १८, २०८० शनिबार ८:४५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया