logo-img

एनआरएनए आरके शर्मा पक्षले १० करोडको राहत कोष खडा गर्ने

आरके शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भूकम्पपीडितको राहत तथा उद्धारका लागि १० करोडको आपतकालीन राहत तथा उद्धार  कोष बनाउने घोषणा गरेको छ । राहत तथा उद्धार  कोषमा अध्यक्ष शर्माले आफ्नो व्यक्तिगत तर्फबाट २१ लाख रुपैयाँप्रदान गर्ने घोषणा गरेका छन्।

भूकम्पपीडितलाई तत्काल सहयोग गर्ने उद्देश्यले कोष खडा गर्न बसेको पहिलो बैठकमै झन्डै एक करोड रुपैयाँ बराबरको सहयोग जम्मा भएको बताइएको छ।

जूम माध्यमद्वारा आयोजित बैठकमा बोल्दै  अध्यक्ष शर्माले तीनै तहका सरकारसँग समन्वय गरी पछिल्लो भूकम्पबाट पीडित नेपाली दाजुभाइ दिदीबहिनीलाई सक्दो सहयोग गर्ने बताए । 

यसअघि नेपालमा भूकम्प, बाढी, पहिरो तथा कोभिड महामारीको बेलामा संसार भरिका नेपालीहरुले दिल खोलेर सहयोग गरेको उनले स्मरण गरे। 

राहत तथा उद्धार कोषमा महासचिव बुद्धि सागर सुवेदीले १९ लाख, कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगानाले १७ लाख, पूर्व अध्यक्ष कुल आचार्यले ५ लाख ५ हजार ५५५, उपाध्यक्ष खगेन्द्र न्यौपाने, युवा उपाध्यक्ष अब्दुल बशिद तथा सचिव लोक दाहालले जनही ५ लाख, उपाध्यक्ष गोविन्द श्रेष्ठले ३ लाख, कृष्णजीवी पन्थले २ लाख १११ सहयोग प्रदान गर्ने घोषणा गरेका छन्।  

त्यस्तै उपाध्यक्ष डा. केशव  पौडेल, उपाध्यक्ष गंगाधर गौतम, सचिव  दयानिधि सापकोटाले जनही एक लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे । १० करोडको उक्त कोष आउँदो दुई वर्षसम्म अन्य मानवीय कार्यमा पनि प्रयोग हुने बताइएको छ । ​



यसैबीच बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघले पनि तत्कालका लागि १ करोड १० लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ ।   

अन्तर्राष्ट्रिय समन्वय परिषद्को आकस्मिक बैठकले १० लाख रुपैयाँ तत्काल सरकारको राहत कोषमा उपलब्ध गराउने र बाँकी १ करोडको राहतका सामाग्री लिएर  प्रभावित स्थानमा जाने निर्णय गरेको हो । 



  • प्रकाशित मिति : कात्तिक १८, २०८० शनिबार २३:१२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया