काठमाडौं महानगरले पठायो भूकम्पपीडितलाई राहत

काठमाडौं महानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको सहयोगका लागि राहत सामग्री पठाएको छ । 

आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पीडितका लागि विभिन्न राहत सामग्री पठाइएको हो । 

भूकम्प प्रभावित क्षेत्रमा इन्जिनियरिङ तथा प्राविधिक लगायत थप सहयोग चाहिएमा सम्पर्क गर्न पनि महानगरपालिकाले सम्बन्धित निकायलाई अनुरोध गरेको छ । 

गत शुक्रबार जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी ठूलो धनजनको क्षति भएको छ ।

डेढ सयजनाभन्दा बढीको ज्यान गएको छ भने सयौं संरचना ध्वस्त भएका छन् ।

भूकम्पबाट प्रभावित बनेकाहरुका लागि विभिन्न संस्थाहरुले सहयोग गर्ने क्रम जारी छ ।
 





  • प्रकाशित मिति : कात्तिक २०, २०८० साेमबार १७:५५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया