logo-img

भूकम्पप्रभावितलाई बागमती प्रदेशमा कार्यरत कर्मचारीको एक करोड २५ लाख सहयोग

जाजरकोट भूकम्पपीडितको राहत उद्धार र पुनःस्थापनाका लागि बागमती प्रदेश सरकारमा कार्यरत कर्मचारीले आर्थिक सहयोग गर्ने भएका छन् । 

बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपध्यायको अध्यक्षतामा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसेको थियो । गत कात्तिक १७ गते गएको भूकम्पका कारण कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका प्रभावितको सहयोगका लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको प्रमुख सचिव घनश्याम उपध्यायले बताए । 

बैठकले कर्णाली प्रदेशको जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भई गत शुक्रबार राति गएको भूकम्पले ठूलो मात्रामा जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा जनधनको क्षति पुगेकोमा दुःख व्यक्त गर्दै आर्थिक सहयोग गर्ने निर्णय गरेको उनले बताए । 

बैठकले भूकम्पबाट प्रभावितलाई राहत तथा पुनःस्थापनाको लागि बागमती प्रदेशअन्तर्गत कार्यरत प्रमुख सचिव, प्रदेश सचिव एवं सो सरहका पदाधिकारीको तीन दिनको तलब, अधिकृतस्तरका कर्मचारीको दुई दिनको तलब र अन्य सबै कर्मचारीको एक दिनको तलब कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख सचिव उपाध्यायले जानकारी दिए । 

उनका अनुसार उक्त रकम संकलन गरी कर्णाली प्रदेश सरकारको खातामा जम्मा गरिनेछ । प्रदेश सरकारमातहत कार्यरत प्रमुख सचिव, सचिवको तीन दिनबराबरको, उपसचिव र शाखा अधिकृतको दुई दिन बराबरको र अन्य कर्मचारीको एक दिनको तलब रकम अनुमानित एक करोड २५ लाख हुन आउने उपाध्यायले बताए । 





  • प्रकाशित मिति : कात्तिक २१, २०८० मंगलबार २१:५६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया