logo-img

गाजा द्वन्द्वलाई लिएर जापानमा जुलुस

एक सय भन्दा बढी जापानी नागरिकहरूले मध्य टोकियोमा विरोध प्रदर्शन गरेका छन् । सात समूह (जी-७) विदेश मन्त्रीहरूको बैठक तचलिरहेको बेलामा गाजामा सङ्कट बढेकोमा निन्दा गर्दै र गाजामा घातक इजरायली आक्रमणहरू अन्त्य गर्न तत्काल कारबाही गर्न माग गर्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

टोकियोस्थित जापानको परराष्ट्र मन्त्रालयको इकुरा हाउसमा भइरहेको बैठकबाहिर गाजा संकट शीर्षकको एजेण्डामा छलफल हुने अपेक्षा गरिएको छ । जापानका विदेशमन्त्री योको कामिकावाको अध्यक्षतामा भएको बैठकमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलगायत उच्च कुटनीतिज्ञहरुको पनि सहभागिता रहेको थियो । 

उनीहरुले गाजामा हमला रोक्नुहोस्, सिज फायर र गाजाका लागि शान्ति लेखिएका नाराहरूसहितका ब्यानरहरू फहराउँदै प्रदर्शन गरेका हुन् । उनीहरूले जी-७  इजरायलप्रति अमेरिकी नीतिहरूको समर्थनमा एकजुट भए तिनीहरु यस युद्धमा सहभागी हुने ठहरिने आरोप लगाएका छन् । 





  • प्रकाशित मिति : कात्तिक २३, २०८० बिहीबार ९:४९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया