logo-img

रेशम चौधरीविरुद्धको मुद्दाको सुनुवाइ स्थगित
फाइल तस्बिर

रेशम चौधरीको कैद माफी मिनाहा गर्ने निर्णयविरुद्ध परेको रिटनिवेदनको सुनुवाइ स्थगित भएको छ । निवेदन सुनुवाइका लागि बिहीबार पालो तोकिएको भएपनि सर्वोच्च अदालत प्रशासनबाटै सुनुवाइ स्थगित भएको हो ।

यसअघि चौधरीलाई कैद माफी मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्चले कारण माग्ने आदेश गरेको थियो । 

गत जेठ २४ मा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सरकारलाई के कारणले माफी दिइएको हो भन्ने जवाफ माग्दै मंगलबार आदेश गरेको थियो । रिट निवेदनलाई प्राथमिकतामा राख्दै सर्वोच्च अदालतले अग्राधिकार दिने निर्णय गरे पनि मुद्दाको सुनुवाइ हुन सकेको थिएन । उक्त मुद्दाको सुनुवाइ सुरु हुने गरी पेशीमा राखिएको सर्वोच्चले जनाएको छ । 

टिकापुर घटनामा जन्मकैद सजाय पाएर २०७४ सालदेखि जेल सजाय भोगिरहेका चौधरीलाई गणतन्त्र दिवसमा सरकारले आममाफी दिएपछि उनी जेलबाट छुटेका थिए । टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहरालगायतले रिट निवेदन दर्ता गरेका थिए ।  





  • प्रकाशित मिति : कात्तिक २३, २०८० बिहीबार ११:३७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया