logo-img

भुटानी शरणार्थी प्रकरण थुनामा रहेका पाँच आरोपितसँग बयान

भुटानी शरणार्थी प्रकरणमा प्रहरीले थुनामा रहेका पाँचजना आरोपितसँग बयान लिएको छ । अनुसन्धानको क्रममा दोस्रो चरणको अनुसन्धानअन्तर्गत जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरूले उनीहरूको बयान लिएका हुन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) कुमोद ढुंगेलका अनुसार सानु भण्डारी, रामशरण केसी, केशव दुलाल, आङटावा शेर्पा र सागर राईसँग बयान लिइएको हो । उनीहरूलाई जेलबाट झिकाएर टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा बयान लिइएको हो ।

पाँचैजना आरोपित जिल्ला अदालत काठमाडौंको आदेशले पुर्पक्षका लागि थुनामा छन् । पहिलो चरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १६ जना पनि थुनामै छन् ।





  • प्रकाशित मिति : कात्तिक २३, २०८० बिहीबार १६:५४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया