logo-img

विद्युतीय साधन पेट्रोलभन्दा बीस गुना सस्तो : घिसिङ

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युतीय सवारीको माध्यमबाट नेपाल ठूलो परिवर्तनतर्फ लागेको बताएका छन् । 

नेपालमा पहिलो विद्युतीय सवारी साधन राइड सेयरिङ एप शुभारम्भ कार्यक्रममा उनले विद्युतीय साधन पेट्रोलभन्दा बीस गुना सस्तो पर्ने भन्दै अब बुझ्ने कसैले पनि पेट्रोल र डिजेलको सवारी नकिन्ने बताए ।

उनले भने, ‘विद्युत पेट्रोलभन्दा बीस गुना सस्तो छ । एकदमै ठूलो परिवर्तन हुँदै छ नेपालमा, अब बुझ्ने कसैले पनि पेट्रोल र डिजेलको सवारी साधन किन्दैनन् । नेपालमा करिब ४–५ खर्ब आयातलाई २० अर्बको विद्युतीय खपत गर्यो भने प्रतिस्थापन हुन्छ । ५ खर्बको डिजेल आयातलाई बन्द गर्ने र ५–७ खर्बको निर्यात गर्ने हो भने हामी सकारात्मक बाटोतर्फ जान्छौं । यो ठूलो परिवर्तन ऊर्जाबाट हुन्छ ।’

यस्तै, उनले प्रदेश सरकार र नेपाल सरकारलाई विद्युतीय साधनलाई रुट परमिट खुल्ला गर्नुपर्ने भन्दै नीतिगत निर्णय गर्न आग्रह गरे । 

उनले भने, ‘प्रदेश सरकार र नेपाल सरकारलाई मेरो अनुरोध, विद्युतीय साधन अहिले ट्याक्सी चलिरहेको छ त्यसको मात्रै सहमति दिने जुन नीति लिइएको छ, त्यो गलत छ । जस्तो साधन आए पनि सहमति दिनुपर्छ । विद्युतीय साधनलाई रुट परमिट खुल्ला गर्नुपर्छ । सरकारले नीतिगत निर्णय गर्नुपर्ने छ र यो होस् भन्ने मेरो आग्रह छ ।’

हिजो लोडसेडिङ कम गर्ने प्रयासमा रहेको नेपाल आज विद्युत बढी भएको अवस्थामा हिजोको भन्दा उल्टो भएको भन्दै यो नेपालको लागि एकदमै ठूलो परिवर्तन र सम्भावना बोकेको ऊर्जा क्षेत्रको ठूलो उपलब्धि भएको उनको भनाइ छ ।





  • प्रकाशित मिति : कात्तिक २३, २०८० बिहीबार २१:२३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया