logo-img

समाजलाई जात–जातमा विभाजित गर्ने कार्य स्वीकार्य हुँदैन : एमाले महासचिव

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रलाई कमजोर पार्ने गतिविधिविरुद्ध सबै राजनीतिक दलका नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताएका छन् । 

 पार्टीको ललितपुर जिल्ला कमिटीले आज आयोजना गरेको भेलामा उनले नेपाली समाजलाई विभाजित गरेर देशलाई कमजोर पार्ने प्रयास गरिएको बताउँदै त्यसविरुद्ध हरेक चेतनशील नेपाली लाग्नुपर्ने बताए ।

समाजलाई जात–जातमा विभाजित गर्ने कार्य स्वीकार्य हुन सक्दैन भन्दै महासचिव पोखरेलले भने, ‘सिंगो तराईलाई एउटा प्रदेशमा विभक्त गर्ने कुरा नेपाल राष्ट्रलाई कमजोर बनाउने कुरा हो । त्यो स्वीकार्य हुँदैन ।’ 

हिमाल, तराई, पहाड कोही छैन पराई भन्ने मान्यतालाई नेपाली राजनीतिमा स्थापित गरिएको  बताउँदै उनले नेपालको राष्ट्रिय हित रक्षा गर्न नेपाली नचुक्ने प्रतिबद्धता व्यक्त गरे । 





  • प्रकाशित मिति : कात्तिक २३, २०८० बिहीबार २१:३८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया