logo-img

राज्यले उद्योग–व्यापार गर्नुहुँदैन भन्ने दक्षिणपन्थी हुन् : नेता खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले राज्यले उद्योग व्यापार गर्नुहुँदैन भन्ने दक्षिणपन्थीहरूको बाटो हेरेर देश अगाडि नबढ्ने बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित अमृतनाथ तिमल्सिनाद्वारा लिखित ‘समृद्धि सरोकार’ पुस्तक लोकार्पण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उत्पादित बहुमूल्य वस्तुलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय बजारमा पुर्याउने काम राज्यले गर्नुपर्ने भन्दै नेता खनालले उद्योग–व्यापार रान्यले गर्नु हुँदैन भन्ने पश्चिमतिरबाट आएको हावाले रंगमंगिएका दक्षिणपन्थीहरूको बाटो हेरेर देश अगाडि नबढ्ने बताए । 

उनले भने, ‘हामीले बजार सेवा दिनुपर्छ । उत्पादन गर्नेलाई त राष्ट्रिय बजार के छ अन्तराष्ट्रिय बजार के छ के थाहा ? बहुमूल्य वस्तु उनीहरूले उत्पादन गरिदिएका हुन्छन् । त्यस्ता चिजलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय बजारमा पुर्याउने काम राज्यले गर्नुपर्छ ।’

उनले वामपन्थीहरू सही विचारका आधारमा मिल्ने सके देशमा अचम्मका परिवर्तन हुने भन्दै वामपन्थीहरू फुट्ने र टुट्ने भएमा देश अग्रगतितिर नजाने टिप्पणी गरे । सबै वामपन्थीहरूमा जिम्मेवारीको भावना हुन आवश्यक रहेको उनको भनाइ छ ।

उनले भने, ‘देशका वापन्थीहरु जतिबेला सही विचारको आधारमा मिल्छन्, देशमा अचम्मका परिवर्तन हुन्छन् । तर, जतिबेला स–साना कुराका आधारमा वामपन्थी फुट्छन्, टुट्छन् र एकअर्कालाई मज्जाले गाली गर्न सुरु गर्छन् । देश अग्रगतितिर जान सक्दैन । यो देश कसैले बनाउँछ भने वामपन्थीहरूले मात्र हो । अरूले बनाउँदैनन् । तर, वामपन्थीहरूमा जुन किसिमको जिम्मेवारीको भावना हुनुपर्ने हो त्यो भएको छैन ।’
 





  • प्रकाशित मिति : कात्तिक २४, २०८० शुक्रबार १७:२८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया