logo-img

तिहार प्रेरणाको विम्ब र उज्यालोको पर्व हो : मुख्यमन्त्री पाण्डे
फाइल फाेटाे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तिहार प्रेरणाको विम्बका साथै उज्यालोको पर्व भएको बताएका छन् । 
    
नेपालीहरूको महान् चाड तिहारका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उनले तिहार मनाउने हाम्रो मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई प्रगाढ बनाउने बताए ।

काग तिहारदेखि सुरु भएर भाइटिकाको दिनसम्म प्राणी जगत्का साथै लक्ष्मी माताको पुजाआराधना गरी खुसियालीको प्रतीकका रुपमा पाँच दिनसम्म यो पर्व मनाइने भएकाले यसले आपसी सम्बन्ध थप प्रगाढ बनाउने सन्देशमा उल्लेख छ ।

सांस्कृतिक, भाषिक, जातीय एवं धार्मिक विविधताले भरिपूर्ण नेपालमा यस्ता पर्वले विविधताबीचको एकतालाई थप सुदृढ र मजबुत बनाउने उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले मुलुकभित्र प्रचलित संस्कृति, परम्परा एवं सभ्यताको जगेर्ना गर्नु हामी सबैको साझा दायित्व भएको बताए । 
    
यस पर्वको अभिन्न अङ्गका रुपमा रहेको देउसीभैलो खेल्ने परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै सन्देशमा पर्वका नाममा समाजमा विद्यमान कूरीति एवं विकृतिप्रति सचेत रहन र हटाउनेतर्फ पहल गर्न सबैमा अपिलसमेत गरिएको छ । 





  • प्रकाशित मिति : कात्तिक २५, २०८० शनिबार १२:५९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया