logo-img

बालेन र गृहमन्त्रीबीच लन्च मिटिङ, के भयो छलफल ?

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र उपपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच लञ्चमिटिङ भएको छ । गृहमन्त्री श्रेष्ठ स्वकीय सचिव सुशन कर्माचार्यलाई लिएर शनिबार बिहान बालेन निवास गैरीगाउँमा पुगेका थिए ।

बालेनपत्नी सबिना काफ्लेले सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै लन्चमिटिङबारे जानकारी गराएकी हुन् । सार्वजनिक तस्बिरमा मन्त्री श्रेष्ठकी स्वकीय सचिव कर्माचार्यले बालेनकी छोरीलाई काखमा लिएकी छिन् ।

मेयर शाहले आफ्नी श्रीमती सबिना चढेको गाडी प्रहरीले रोकेको भन्दै केही महिनाअघि सामाजिक सञ्जालमार्फत सरकारलाई ‘चोर’को संज्ञा दिएका थिए । उनले सिंहदरबार जलाइदिने धम्की दिएपछि सर्वत्र उनको आलोचना भएको थियो । 

सो धम्कीलाई लिएर कारबाही गर्नुपर्ने आवाज उठेपछि उनले आफ्नो स्टाटस सामाजिक सञ्जालबाट हटाएका थिए ।





  • प्रकाशित मिति : कात्तिक २५, २०८० शनिबार १७:४०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया