logo-img

बर्सेनि करोडौँको फूल आयात : कसरी बन्ने त आत्मनिर्भर ? (अन्तर्वार्ता)

तिहार हिन्दूहरूको दोस्रो ठूलो पर्व हो । तिहारलाई फूलैफूलको चाड पनि मानिन्छ । तिहारमा विशेष गरेर भाई तथा दिदीबहिनीहरूको पूजा गर्नेदेखि घर, पसल सजाउन बढी फूलको प्रयोग हुन्छ । 

यो समय सयपत्री, मखमली र गोदाबरी फूलको खपत बढी हुन्छ ।  दाजुभाइको लामो आयुका लागि यमपञ्चकमा दिदीबहिनीले मखमलीले पूजा गर्ने र माला लगाउँदा फूलजस्तै कहिल्यै नओइलिने आयु रहोस् भन्ने कामना गर्छन् । 

तर, तीनै फूलमा पनि हामी भारतसँग परनिर्भर छौँ । अझै पनि वार्षिक करोडौँको फूल भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले जनाएको छ । हुन त पछिल्लो समय व्यवसायिक रूपमा फूल खेती गर्ने किसानको संख्या बढ्दो छ । तर, फूलमा अझै नेपाल आत्मनिर्भर बन्न नसकेको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का अध्यक्ष मीनबहादुर तामाङ बताउँछन् ।

उनका अनुसार तिहारमा ८० प्रतिशत माग स्वदेशी उत्पादनले धान्छ भने २० प्रतिशत आयात गर्नेपर्ने बाध्यता छ । यस वर्ष ४० लाख माला खपत हुने प्रारम्भिक अनुमान छ । जसमा चार लाख ५० हजार थान मखमली माला, २० हजार गोदावरी माला र ३० हजार मिक्स माला खपत हुने उनको अनुमान छ । 

तर, भारतबाट वैध तथा अवैध तरिकाले करोडौँको फूल आयात भएका कारण यो वर्ष सोचेजस्तो फूलको कारोबार नहुने उनी बताउँछन् । ‘भारतबाट आयात नरोकेसम्म फूलमा आत्मनिर्भर बन्न सकिँदैन,’ उनी भन्छन्, ‘आन्तरिक उत्पादनले फूलको बजार माग धान्न सकिने भए पनि खासगरी भारतबाट अनियन्त्रत आयातका कारण सधै नेपाली कृषकहरू मर्कामा पर्छन् । नेपाली किसानको फूल बिक्री नहुनेबित्तिकै फूल खेती गर्न किसान डराउँछन् । जसले गर्दा पनि अझै तिहारका लागि २० प्रतिशत फूलमा परनिर्भर छौँ ।’

उनका अनुसार नेपाली उत्पादन लागत महंगो पर्ने हुनाले भारतीय फूलसँग प्रतिस्पर्धा गर्न सक्दैन । ‘नेपाली फूलले अन्य देशसँग प्रतिस्पर्धा गर्न सक्दैन,’ उनी भन्छन्, ‘भारतबाट आउने फूलहरू नेपाली उत्पादन भन्दा सस्तो हुन्छ । उनीहरूको उत्पादन लागत नै एकदमै सस्तो हुन्छ । सरकारले हरेक चिजमा सहुलियत दिएको हुन्छ । तर, नेपालमा त्यस्तो अवस्था छैन । बीउ, मल, उपकारण सबै भारतबाट आयात गरेर फूल उत्पादन गर्नुपर्ने बाध्यता छ, जसले स्वाभाविक रूपमा लागत मूल्य बढ्न जान्छ र भारतीय फूलसँग प्रतिस्पर्धा गर्न सक्दैनौँ ।’



यस्तै, भारतीय फूलहरू नओइलिने केमिकल तथा रासायनिक मल राखेका कारण गुणस्तरहीन हुने उनको दाबी छ । त्यसकारण केही महँगो परे पनि नेपाली फूल नै किन्न उपभोक्तालाई आग्रह पनि उनी गर्छन् । उनका अनुसार सीमा नाकामा फूल आयातका लागि सरकारले केही कडाइ गरे पनि विभिन्न माध्यमबाट अवैध तरिकाले समेत फूल भित्रिने गरेको छ । त्यसकारण पनि नेपाली फूलमा आत्मनिर्भर बन्न भारतीय आयात रोक्नुपर्ने उनको तर्क छ । 

तर, सरकार भने नेपाल विश्व व्यापार संगठन (डब्लुटिओ)का सदस्य रहेका राष्ट्र, विभिन्न वाणिज्य नीति तथा भारतसँग छुट्टै व्यापार पारवहन सन्धि भएका कारण फूलको आयात रोक्न नमिल्ने गैरजिममेवार जवाफ दिने गरेको छ । त्यसो भए कसरी आयात रोक्न सकिन्छ ? आत्मनिर्भर हुने प्रचुर सम्भावना हुँदाहुँदै नेपाल फूल उत्पादनमा कहाँ चुक्यो ? फूलमा कसरी आत्मनिर्भर बन्न सकिन्छ ? लगायत विषयमा केन्द्रित रहेर फरकधार लागि रेखा श्रेष्ठले फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का अध्यक्ष मीनबहादुर तामाङसँग गरेको कुराकानी 



  • प्रकाशित मिति : कात्तिक २६, २०८० आइतबार २०:४७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया