logo-img

चिसोले भूकम्पपीडितको मृत्यु हुनु दुर्भाग्य : नेता खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भूकम्प प्रभावित क्षेत्रका बासिन्दाले अझै राहत पाउन नसकेको प्रति असन्तुष्टि जनाएका छन् ।

सोमबार काठमाडौंमा राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादी केन्द्रीय कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो असन्तुष्टि जनाएका हुन् ।

भूकम्पपीडितलाई सहयोगका लागि एकद्वार नीति बनाएको र विभिन्न संघसंस्था, पार्टीहरुले सहयोग पुर्याइरहेको उल्लेख गर्दै तर पीडितहरुसम्म सहयोग पुगिरहेको छैन भन्ने गुनासा आएको बताए ।

कतिपय जनताले अझै पनि आवश्यक राहत, उद्धार पाउन नसकेको कुरा सञ्चार माध्यमहरुमा आइरहेको भन्दै उनले चिसोका कारण कतिपयको मृत्यु भएको कुरा साँचो हो भने अत्यन्तै दुर्भाग्यको कुरा भएको उल्लेख गरे ।

उनले भने, ‘यो कुरालाई सरकारले अत्यन्तै गम्भीरतापूर्वक सोच्नुपर्छ । अहिलेसम्म यत्रो दिन पार हुँदा सरकारले आवश्यक सुविधा दिँदैन । एउटा कम्बल पनि दिन सक्दैन । मानिस जाडोले मर्नुपर्ने स्थिति भयो भने योभन्दा दुर्भाग्य अरु हुन सक्दैन ।’
 





  • प्रकाशित मिति : कात्तिक २७, २०८० साेमबार १९:६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया