logo-img

टिकटक माथिको प्रतिबन्ध लगाउने निर्णय खारेज गर्न कांग्रेस सहमहामन्त्रीको माग

नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले सरकारले टिकटक प्रतिबन्ध लगाउने निर्णय खारेज गर्नुपर्ने बताएका छन् । मंगलबार भक्तपुरमा नेपाल संवत ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । 

उनले नियमन गर्ने निकायलाई सशक्त रूपमा अघि बढाउनुपर्नेमा टिकटकमाथिको प्रतिबन्ध स्वीकार्य हुन नसक्ने बताए । उनले सरकारको दृष्टिकोण र सोच अर्जुन दृष्टि भएर भूगोलमा छरिनुपर्ने बेलामा विचारमा आएको मतभेदले सरकार र गठबन्धनकाप्रति औँलो ठडिने अवस्था देखिएको बताए । उनले मन्त्रीमण्डलले गरेको निर्णय तत्काल सच्याइ रूपमा नियमन गर्ने पाटो सशक्त रूपमा अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरे ।

उनले भने, ‘पछिल्लो पटक टिकटकसँग सम्बन्धित यो क्रियाकलापहरू । यसलाई नियमन गर्ने विशेष व्यवस्था गर्नुपर्दथ्यो । फेसबुक र ट्विटरमा सामाजिक सञ्जालहरूलाई विरोध गर्नेहरूलाई जबाफदेहिता गराउनका निम्ति, त्यसको उत्तर दायित्वबोध गराउनका निम्ति, कानुनी तहमा जान सकिन्छ । नियमन गर्ने निकायलाई सशक्त रूपमा अघि बढाउन सकिन्छ । आज यस्तो अप्ठ्यारो परेको बेलामा हाम्रा दृष्टिकोण, हाम्रो सोच अर्जुन दृष्टि भएर भूगोलमा छरिनुपर्ने बेलामा आज फेरि विचार छरपस्टिएको छ । सरकार र गठबन्धनकाप्रति औँलो ठडिने अवस्था देखिएको छ । मन्त्रीमण्डलले गरेको निर्णय एउटा होला तर प्रधानमन्त्रीज्यु हुनुहुन्छ, आफ्नो सोच सार्वजनिक गरेर यसमा पुनःविचार गर्नैपर्छ ।’


सहमहामन्त्री आङ्दम्बेले विपद्मा उद्धार र राहतका लागि स्टन्टबाजी नगरी सबैले सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको बतउनु भयो । 





  • प्रकाशित मिति : कात्तिक २८, २०८० मंगलबार ११:२३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया