logo-img

हतियार प्रहारबाट एक युवक घाइते

बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । कोहलपुरस्थित चप्परगौडीका २८ वर्षीय मीनबहादुर विक घाइते भएका हुन् ।

विकलाई आज बिहान अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनलाई घर नजिकै पछाडिबाट अज्ञात व्यक्तिले टाउको तथा शरीरका अन्य भागमा धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए ।

घाइते विकको नेपालगञ्जस्थित नर्सिङहोममा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीले बताए । हतियार प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको छ ।





  • प्रकाशित मिति : कात्तिक ३०, २०८० बिहीबार १२:१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया