logo-img

मालीमा शान्ति मिसन बन्द, नेपाली सेनाको टोली फिर्ता

संयुक्त राष्ट्रसंघले मालीमा शान्ति मिसन बन्द गरिदिएको छ । राष्ट्रसंघले मिसन बन्द गरेपछि मालीमा शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाको टोली स्वदेश फर्किएको छ ।

मालीमा शान्ति मिसनका लागि प्रमुख सेनानी चित्रकुमार कार्कीको कमान्डमा खटिएको ८१ जनाको टोली हातहतियार बन्दोबस्तीको सामग्रीसहित बिहीबार नेपाल फर्किएको हो । 

नेपाली सेनाको १६८ जनाको टोली मालीमा कार्यरत थियो । टोलीका बाँकी सदस्य स्वदेश फर्कने क्रममा रहेको नेपाली सेनाले जनाएको छ ।





  • प्रकाशित मिति : कात्तिक ३०, २०८० बिहीबार २१:१५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया