logo-img

संसद् राजनीतिक दलको गालीगलौज र रिस पोख्ने अखडा बन्न पुग्यो : सांसद यादव

जनता समाजवादी पार्टी नेपालकी नेत्री रेखा यादव मुलुकको कानुन बनाउने उपल्लो निकाय संघीय संसद् राजनीतिक दलको गालीगलोज र रिस पोख्ने अखडा बन्न पुगेको बताएकी छन् ।

उनले आफ्नो एकवर्षे कार्यकालको समीक्षा गर्दै देश र जनताका जल्दाबल्दा विषयमा प्रखररूपमा आवाज उठाउनुपर्नेमा सदनलाई राजनीतिक दलले सरकार बनाउने तथा गिराउने खेल मैदानका रूपमा मात्र प्रयोग गरिरहेको आरोप लगाइन् । 
    
कुराकानीको क्रममा नेत्री यादवले भनिन्, ‘संसद्को मुख्य काम कानुन निर्माण गर्ने भए पनि यसलाई राजनीतिक दलले एकार्कालाई आरोपप्रत्यारोप  गर्ने थलो बनाए । देशका ज्वलन्त विषय उठाउनेलाई भन्दा नेताका नाममा अरूको आलोचना गर्नेलाई सदनमा धेरै समय दिइन्छ, यो धेरै दुःख लाग्ने विषय हो ।’
     
सांसद यादवले आफूहरु ऐन  बनाउने मुख्य जिम्मेवारी लिएर आएकाले सदनमा सबैको भूमिका बराबर हुने पक्षलाई हेक्का गरी समयको पाबन्दी पनि एउटै हुनुपर्छ भन्ने  मान्यता रहेको पनि सुनाइन ।

विसं २०४७ मा नेपाल सद्भावना पार्टीमा आबद्ध भई राजनीतिमा प्रवेश गरेकी नेत्री यादव युवा र महिला मञ्च हुँदै २०६४ सालमा मधेसी जनअधिकार फोरम नेपालमा प्रवेश गरिन् । मोरङबाट पार्टीको महिला फोरमको केन्द्रीय सदस्य र राजनीतिक समिति सदस्य हुँदै हाल उनी जनता समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्य र राजनीतिक समिति सदस्य छिन् । 





  • प्रकाशित मिति : मंसिर २, २०८० शनिबार १२:६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया