logo-img

केबुलकारलाई यातायातको रूपमा प्रयोग गर्न आवश्यक छ : कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केबुलकारलाई ट्रान्सपोटेसन (यातायात) को रूपमा प्रयोग गर्न आवश्यक रहेको बताएका छन् । लुम्बिनी केबुलकारको भ्रमणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

उनले केबुलकारलाई पर्यटनको हिसाबले मात्रै नभई ट्रान्पोटेसनको हिसाबले पनि नेपालमा बढाउनुपर्ने जरुरी रहेको बताए । उनले नेपालमा सडक बनाएर डाँडामा पुग्नु भन्दा केबुलकार बनाएर त्यहाँको प्रवर्द्धन र सामान आयात गर्नुपर्ने व्यवस्था हुन आवश्यक रहेको बताए । उनले केबुलकारहरूले नेपालको अर्थतन्त्र चलायमान बनाउन र पर्यटन प्रवर्द्धन गर्न र विद्युत् खपत बढाउने काम गरेको बताए । घिसिङले नेपालको भौगोलिक अवस्थालाई बुझेर केबुलकारको सङ्ख्या अझै बढ्नुपर्ने बताए । 

उनले भने, ‘धेरै केबुलकारहरूले नेपालको इकोनोमिक एक्टिभिटिज र पर्यटनदेखि विद्युत् खपत पनि राम्रो गर्छ । नेपालको भौगोलिक अवस्था र नेपालको जियोलोजिकल अवस्था र हाम्रो हिमाल, पहाड र तराईको अवस्थालाई हेरेर धेरै केबुलकार बढ्नुपर्छ । यस्तै केबुलकारहरूले हाम्रो विद्युतको खपत बढ्ने हो र यो विभिन्न ठाउँमा इकोनोमिक एक्टिभिटी बढ्छ, पर्यटकहरू बढ्छन्, रोजगारीको अवसर पनि बढ्छ । केबुलकारलाई पर्यटनको हिसाबले मात्रै नभई ट्रान्पोटेसनको हिसाबले पनि नेपालमा केबुलकारको महत्त्वपूर्ण भूमिका हुनेछ ।’





  • प्रकाशित मिति : मंसिर ३, २०८० आइतबार १५:४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया