logo-img

सामाजिक सञ्जालको दुरुपयोगले देशको शान्ति खल्बल्याउने काम भयो : मन्त्री किराती

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सामाजिक सञ्जालको दुरुपयोगले देशको शान्ति खलबल्याउने काम भइरहेको दाबी गरेका छन् ।

सोमबार ललितपुरमा आयोजित नेपाल संवाद शिखर सम्मेलन–२०२३ लाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालको दुरुपयोगले शान्ति खलल गर्न खोजिरहेको भन्दै यसलाई सही समयमा नियन्त्रण गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘सामाजिक सञ्जालको दुरुपयोग एउटा चुनौती छ । यसले पनि शान्ति खलल गर्न खोजिरहेको छ । एक हातमा भाला र अर्को हातमा माला बोकेर लड्ने भनेर विभिन्न ठाउँबाट अमुक व्यक्तिले अँध्यारोमा हिंसा भड्काउने अभिव्यक्ति दिएको सामाजिक सञ्जालमा देखेको थिएँ । यसलाई सही समयमा नियन्त्रण गर्नुपर्छ ।’

उनले देशमा शान्ति प्रक्रियाको तार्किक निष्कर्ष र संविधान कार्यान्वयनको विषय पनि प्रमुख चुनौतीको रूपमा रहेको धारणा राखे ।

‘आजको विकास प्रकृति र संस्कृतिमैत्री हुनुपर्छ, प्रकृति र संस्कृतिको विनाश गरेर विकास हुन सक्दैन । विनाश र विकृतिले द्वन्द्व सिर्जना गर्छ, प्रकृतिमाथिको दोहन र चरम लापरबाहीले पनि द्वन्द्व सिर्जना गर्छ, तसर्थ द्वन्द्वको अवस्था आउन नदिन संवादद्वारा शान्ति निर्माण गर्ने अभियानमा हामी अगाडि जान सक्छौँ’, मन्त्री किरातीले भने ।  





  • प्रकाशित मिति : मंसिर ४, २०८० साेमबार १३:३५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया