logo-img

दुर्गा प्रसाईं भन्छन्- अब ओलीले झापा र बस्नेतले भक्तपुर जाँदा मेरो अनुमति लिनुपर्छ

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले नेकपा एमालेका अध्यक्ष केपी ओलीले झापा र नेता महेश बस्नेतले भक्तपुर जाँदा आफ्नो अनुमति लिनुपर्ने टिप्पणी गरेका छन् । बिहीबार भक्तपुरमा पत्रकार सम्मेलन गरी उनले कम्युनिस्टको जिल्लामा न्याय माग्न आउँदा महिलामाथि ओलीको पार्टीले हातपात गरेको भन्दै प्रश्न गरे, ‘हजुरबुबा कसरी मुख देखाउनुहुन्छ ? झापा कसरी जानुहुन्छ ?’ 

उनले अगाडि थपे, ‘ओलीको कम्युनिस्ट सिद्धान्त गयो । अब कसरी जानुहुन्छ हजुरबुबा गाउँमा ? झापामा मुख देखाउन सक्छन् ? मलाई नसोधी नजाँदा हुन्छ केपी ओलीले । मसँग अब महेश बस्नेतले भक्तपुर प्रवेश गर्न पनि मसँग अनुमति लिनुपर्छ । मजाक गरेको होइन जे बोल्छु त्यो गर्छु ।’

प्रसाईंले युवा संघका कार्यकर्ताले महिला बसेको ठाउँमा हातपात गर्न खोज्नेलाई कारबाही माग गर्दै महिलावादी के हेरेर बसेका छन् भन्दै प्रश्नसमेत गरे । 

उनले भने, ‘महिला सुतिरहेको ठाउँमा गएर बलात्कार गर्न खोजेछन् । त्यसलाई पक्रेर ल्याउनुपर्छ कि पर्दैन ? मानवअधिकारवादी के हेरेर बसेका छन् ? महिलावादी के हेरेर बसेका छन् ? माइती नेपालकी कोइराला दिदी कहाँ छिन् ?’

उनले काठमाडौं, ललितपुर, भक्तपुर र कीर्तिपुरमा एमाले सकिँदै गएको दाबी गरे ।   
 





  • प्रकाशित मिति : मंसिर ६, २०८० बुधबार १८:२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया