logo-img

दिगो आर्थिक विकासमा निर्माण व्यवसायको महत्वपूर्ण भूमिका : प्रधानमन्त्री दाहाल
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको दिगो आर्थिक विकासमा निर्माण व्यवसायको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

बिहीबार एसियाली र पश्चिमी प्रशान्त क्षेत्रका निर्माण व्यवसायीको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले दिगो आर्थिक विकास र निर्माणको लागि निजी क्षेत्रले नेतृत्व लिन आवश्यक रहेको बताए । 

प्रधानमन्त्री दाहालले नेपालले सन् २०४५ सम्म कार्वन उत्सर्जन शून्यमा ल्याउने अन्तर्राष्ट्रिय प्रतिवद्धता जनाएको भन्दै विकास निर्माणका काम पनि त्यहीअनुसार गरी रहेको बताए । उनले सरकार दिगो पूर्वाधारको प्रवर्द्धनका लागि प्रतिवद्ध रहेको बताए ।

प्रधानमन्त्री दाहालले दिगो पूर्वाधार विकासको लागि सरकारको प्रमुख प्राथमिकतामा रहेको बताए । उनले पूर्वाधार निर्माणले हरितगृह उत्सर्जनमा नेपालको ठूलो योगदान रहेको बताए ।

प्रधानमन्त्री दाहालले दिगो पूर्वाधार विकासको लागि आर्थिक तथा नीतिगत सुधार गर्न आवश्यक पहल गर्ने बताए । 





  • प्रकाशित मिति : मंसिर ७, २०८० बिहीबार ११:२९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया