logo-img

रेशम चौधरीको आम माफीविरुद्धको रिट सुनुवाइ आज
फाइल तस्बिर

गणतन्त्र दिवसको अवसरमा आममाफी पाएका रेशम चौधरी र राष्ट्रपति कार्यालयको विरुद्ध दायर भएको मुद्दामा  आज अन्तिम सुनुवाइ हुँदैछ । 

चौधरीको कैद माफीविरुद्ध दायर भएको दोस्रो रिट निवेदनमा सुनुवाइका लागि आजलाई पेसी तोकिएको हो ।

गत जेठमा कैदमुक्त भएका चौधरीविरुद्ध टीकापुर हत्याकाण्डमा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा कडायत बोहराले गत २१ कात्तिकमा दोस्रो निवेदन दर्ता गराएकी हुन् ।

बिहीबार न्यायाधीश प्रकाशकुमार ढुंगाना एकल इजलासमा पेसी तोकिएको छ । मुद्दा क्रमसंख्याअनुसार ‘ग’ नम्बरमा पेसी रहेको छ ।

यसअघि बोहराले नै दायर गरेको निवेदन सर्वोच्च अदालतमा विचाराधीन छ ।  





  • प्रकाशित मिति : मंसिर ७, २०८० बिहीबार १२:४४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया