प्रदर्शनस्थलमा जामर राखेर सञ्चार सम्पर्क विच्छेद

उपत्यकाका दुई स्थानमा प्रहरीले मोबाइल नेटवर्क नियन्त्रणका लागि जामर भेहिकल सञ्चालन गरेको छ । बल्खु र तीनकुनेमा जामर सञ्चालनमा ल्याएको हो ।

बिहीबार बल्खुमा दुर्गा प्रसाईँ नेतृत्वले आयोजना गरेको प्रदर्शन छ भने राजधानीको तीनकुनेमा युवा संघको प्रदर्शन छ । दुवै प्रदर्शनमा आवश्यकताअनुसार सहभागीका मोबाइल फोनको नेटवर्क नियन्त्रणका लागि प्रहरीले जामर भेहिकल तैनाथ गरेको हो । 

मोबाइलको नेटवर्क विच्छेद गराउन सो प्रविधिको प्रयोग गर्ने गरिन्छ । मेडिकल व्यवसायी प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को प्रदर्शन बल्खुमा छ । उता तीनकुनेमा एमाले भ्रातृ संगठन युवा संघको प्रदर्शन छ ।  

प्रहरीले जामर प्रविधि चलाएसँगै दुवै प्रदर्शन स्थलमा मोबाइल नेटवर्कमा समस्या आएको छ ।दुई भिन्न समूहले आयोजना गरेको शक्ति प्रदर्शनमा हिंसा भड्किन नदिन प्रहरीले कडा सुरक्षा प्रबन्ध गरेको छ ।

कलंकीबाट बल्खु हुँदै तीनकुनेको कार्यक्रम स्थलमा मोटरसाइकल र्‍याली निकालेर जान लागेको युवा संघको र्‍यालीलाई प्रसाईं नेतृत्वको समूहले बिथोल्न खोज्दा दुई पक्षबीच झडप भएको छ । 





  • प्रकाशित मिति : मंसिर ७, २०८० बिहीबार १४:१७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया