logo-img

मध्य पहाडी राजमार्गमा हिँड्ने अधिकार केपी ओलीलाई मात्रै छ : महेश बस्नेत

युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले मध्य पहाडी र पुष्पलाल राजमार्ग नेकपा एमालेको पहलमा बनाएको भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई बाहेक उक्त राजमार्गमा हिँड्ने अधिकार अन्य नेतालाई नभएको बताएका छन् । 

एमाले पार्टी कार्यालयमा शुक्रबार आयोजित युवा संघको केन्द्रीय कमिटी बैठकमा उनले पुष्पलाल र मध्य पहाडी राजमार्ग निर्माणको जस एमालेले मात्र पाउनुपर्ने दाबी मात्र गरेनन् ओलीबाहेक अरू नेतालाई हिँड्ने अधिकारसमेत नभएको बताए । 

‘मध्य पहाडी र पुष्पलाल राजमार्ग भनेर बनाउने गौरवपूर्ण जस भएको पार्टी एमाले हो,’ उनले भने, ‘त्यही भएर मध्य पहाडी राजमार्गमा हिँड्ने अधिकार केपी ओलीलाई मात्रै छ, अरू कुनै नेतालाई छैन । एमालेबाहेक अरू कसैलाई छैन ।’

मध्य पहाडी राजमार्गबाटै जनतामा नयाँ जागरणको अभियान चलाउने बताए । 





  • प्रकाशित मिति : मंसिर ८, २०८० शुक्रबार १४:५४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया