दुर्गा प्रसाईंको समर्थनमा पोखरामा पनि प्रदर्शन

राष्ट्र, राष्ट्रियता,धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपालका संयोजक दुर्गा प्रसाईंको समर्थनमा पोखरामा पनि प्रदर्शन गरिएको छ । शुक्रबार पोखराको पृथ्वीचोकमा केही युवाले ‘राजा आऊ, देश बचाउ’ नारासहित प्रदर्शन गरेका हुन् । 

उनीहरूले नाराबाजीसहित र्‍याली निकालेका थिए । प्रसाईंको माग र आन्दोलन अहिलेको अवस्थामा उपयुक्त भएकोले आफूहरूले साथ दिएको स्वतन्त्र युवा समूह कास्कीका संयोजक राजेश थापाले बताए ।   

वर्तमान राजनीतिक दलबाट राजनीतिक बन्दी हुनुपरेको भन्दै मुक्तिका लागि आन्दोलन गरेको थापाको भनाइ छ । 





  • प्रकाशित मिति : मंसिर ८, २०८० शुक्रबार १९:०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया