logo-img

काठमाडौं महानगरकी उपमेयर डंगोल अस्ट्रेलिया प्रस्थान
फाइल तस्बिर

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल अस्ट्रेलिया प्रस्थान गरेकी छन् । अस्ट्रेलियाको सरकारको वैदेशिक मामिला मन्त्रालयको निमन्त्रणामा उनी शुक्रबार त्यसतर्फ प्रस्थान गरेकी हुन् ।  

भ्रमणका क्रममा अस्ट्रेलियाका विभिन्न सहरमा रहेका खनिज तथा ऊर्जा, कृषि पर्यटन, विश्व सम्पदा सूचीमा सूचीकृत पर्यटकीय क्षेत्रको अवलोकन, परम्परागत संस्कृति, सहरी विकास, नविकरणीय ऊर्जा उत्पादन तथा व्यवस्थापनका क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको उपमेयर डंगोलले बताइन् । उनी १७ कात्तिकमा स्वदेश फर्किने कार्यक्रम छ ।

भ्रमण अवधिको खर्च अस्ट्रेलिया सरकारको वैदेशिक मामिला मन्त्रालयले गर्ने महानगरले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर ८, २०८० शुक्रबार १९:४१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया