मध्य आकाशमा समस्या देखिएको श्रीको जहाज सुरक्षित अवतरण
फाइल तस्बिर

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्किएको छ । समस्याग्रस्त जहाजमा चालक दलका सदस्यसहित ७६ यात्री थिए ।

उक्त जहाजको इन्डिकेटरले प्राविधिक समस्याको सङ्केत गरेपछि विमान काठमाडौं फर्किएको कम्पनीका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिए । 
 
प्राविधिक समस्या उत्पन्न भएको विमानका यात्रीलाई अर्को जहाजको व्यवस्था गरेर गन्तव्यतर्फ पठाइएको जानकारी व्यवस्थापक मानन्धरले बताए ।





  • प्रकाशित मिति : मंसिर ८, २०८० शुक्रबार १९:४६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया