गणतन्त्रलाई संस्थागत गर्न सबै दल मिल्नुको विकल्प छैन : अष्टलक्ष्मी शाक्य

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजनीतिक दलले संविधान कार्यान्वयनलाई जोड दिनुपर्ने बताएकी छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा आज यहाँ आयोजित ‘राजनीतिको महिलाकरण’ विषयक अन्तरक्रियामा उनले सबै राजनीतिक दल संविधान कार्यान्वयनमा एकजुट हुनुपर्ने बताइन् । 

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै दल मिलेर अघि बढ्नुको विकल्प छैन,’ शाक्यले भनिन्, ‘संविधानको प्रभावकारी कार्यान्वयनको बाटोबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने काममा सबै दल मिल्नैपर्छ ।’ 

यस्तै, नेकपा एमालेकी स्थायी समिति सदस्य विन्दा पाण्डेले संविधानमा व्यवस्था भएको समावेशी प्रतिनिधित्वको सवालमा महिला आफैं स्पष्ट हुनुपर्ने बताइन् । उनले लिङ्गभेदको अन्त्य गर्ने कामको सुरुवात आफ्नै घरबाट गर्नुपर्नेमा जोड दिइन् । 





  • प्रकाशित मिति : मंसिर ८, २०८० शुक्रबार २२:३०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया