logo-img

संविधान उल्टाउन खोज्नेलाई जनताले उचित जवाफ दिनेछन् : विमलेन्द्र निधि
फाइल तस्बिर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति केही तत्त्वले अराजकता मच्चाउने प्रयास गरिरहेको बताएका छन् ।

कांग्रेस धनुषा क्षेत्र ३ क्षेत्रीय समितिले शनिबार यहाँ आयोजना गरेको कार्यक्रममा उनले केही अराजक तत्त्व संविधान र वर्तमान शासन व्यवस्थाविरुद्धमा विभिन्न खालका क्रियाकलाप गर्न खोजिरहेकाले सजग र सचेत रहन अनुरोधसमेत गरे । 

जनताद्वारा बनाइएको संविधानलाई उल्टाउन खोज्नेलाई जनताले मुहतोड जवाफ दिने पनि निधिले बताए । विगतका आन्दोलनमा मधेशी जनताको निर्णायक भूमिका रहेको चर्चा गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ पार्न आन्दोलनको आवश्यकता परेमा तयार रहन सबैमा आग्रह गरे ।

निधिले २०८४ सालमा हुने तीनै तहको निर्वाचनमा कांग्रेसलाई बहुमत ल्याउन अहिलेदेखि नै तयारी थाल्न पनि नेता कार्यकर्तालाई अनुरोध गरे । 





  • प्रकाशित मिति : मंसिर ९, २०८० शनिबार २२:३०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया