logo-img

युनाइटेडको सानदार जित, गार्नाचोको उत्कृष्ट गोल

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । गएराति भएको खेलमा युनाइटेडले एभर्टनमाथि ३–० गोलको एकतर्फी जित निकालेको हो ।

युनाइटेडको जितमा एलेजान्ड्रो गार्नाचोले तेस्रो मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । उनले डियोगो डालोटको क्रसमा ‘बाइसाइकल किक’ हान्दै सुन्दर गोल गरे ।

पहिलो हाफमा १ गोल गरेको युनाइटेडले दोस्रो हाफमा २ गोल थप्यो । ५६ औँ मिनेटमा मार्कस रासफोर्डले पेनाल्टीमा गोल गरेपछि युनाइटेड २–० ले अघि बढ्यो ।

यस्तै, ७५ औं मिनेटमा एन्थोनी मार्सिएलले ब्रुनो फर्नान्डेजको पासमा गोल गरेपछि युनाइटेड ३–० को सहज जित निकाल्न सफल भयो ।

जितपछि युनाइटेड १३ खेलबाट २४ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । पराजित भएको एभर्टन भने पुछारबाट दोस्रो स्थानमा छ ।



प्रिमियर लिगकै अर्को खेलमा एस्टन भिल्लाले टोटनह्यामहटस्परमाथि २–१ गोलको पुनरागमन जित निकाल्यो । प्रिमियर लिगमा आज राति नेपाली समयअनुसार पौने २ बजे फुलह्याम र वुल्भ्स आमनेसामने हुनेछन् ।
 



  • प्रकाशित मिति : मंसिर ११, २०८० साेमबार ९:२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया