logo-img

सन्दीप नेतृत्वको बागमतीलाई हराउँदै आर्मी फाइनलमा
फाइल तस्बिर

त्रिभुवन आर्मी क्लब पोखरामा जारी प्रथम केपी ओली कप टी–२० प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ४ विकेटले हराउँदै आर्मी फाइनलका प्रवेश गरेको हो । 

सेमिफाइनलमा बागमतीले दिएको १ सय २८ रनको लक्ष्य आर्मीले १५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि भीम सार्कीले ३५ बलमा ५ चौकासहित सर्वाधिक ३९ रन बनाए । यस्तै, कुशल मल्लले ८ बलमा ४ छक्कासहित २७ रनको आक्रामक पारी खेले । कप्तान विनोद भण्डारीले १२ बलमा ३ चौका र २ छक्कासहित २५ रन जोडे ।  

यस्तै, सोमपाल कामी १५ रनमा अविजित रहे । बागमतीका लागि सन्दीप लामिछानेले दुई, सोनु देवकोटा, रित गौतम, इशान पाण्डे र प्रतिश जिसीले एक/एक विकेट लिए ।   

त्यसअघि पोखरा क्रिकेट ग्राउन्डमा टस जितेर ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २७ रन बनायो । उसका लागि प्रतीक श्रेष्ठले उत्कृष्ट पारी खेले । 

३५ बलको सामना गरेका प्रतीकले ४ छक्का र ३ चौकासहित अविजित ५० रन बनाए । उनले अन्तिम ओभरको सुरुवाती तीन बलमा लगातार तीन छक्का हिर्काउँदै टिमलाई सम्माजनक स्कोरमा पुर्याउन सफल भए ।

यस्तै, कप्तान सन्दीप लामिछानेले २२ बलमा २ चौका र १ छक्कासहित १९ रन बनाए । ४४ रन बनाउँदा ६ विकेट गुमाएको बागमतीको पारीलाई सन्दीप र प्रतीकले उकासेका थिए । उनीहरूबीच ५२ रनको साझेदारी बन्यो । 



यस्तै, रित गौतमले १४, इशान पाण्डेले १२ र सोनु देवकोटाले अविजित ९ रन जोडे । आर्मीका लागि साहब आलमले चार, सोमपाल कामीले दुई र विवेक यादवले एक विकेट लिए ।  

आज नै हुने दोस्रो सेमिफाइनलमा मधेश प्रदेश र नेपाल एपिएफ क्लब भिड्दै छन् । यी दुई टिमबीचको खेल दिउँसो १ बजेदेखि पोखरा क्रिकेट ग्राउन्डमै सुरु हुनेछ । 



  • प्रकाशित मिति : मंसिर १४, २०८० बिहीबार ११:४७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया