logo-img

काठमाडौंमा गाडीको ठक्करबाट एक जनाको मृत्‍यु, चालक फरार
फाइल तस्बिर

काठमाडौंमा गाडीले ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा प्रदेश ३–०१–०० ३ क ६४८८ नम्बरको निशान गाडीले बागमती प्रदेश ०२–०३२ प ३३४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । 

बिहीबार राति भएको उक्त दुर्घटनामा मोटरसाइकलमा सवार शंखरापुर नगरपालिका–८ साँखु घुमार चोक घर भएका ३० वर्षीय सुलभ मोक्तानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणटारस्‍थित शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक घाइते भएका छन् । गाडीका चालक फरार छन् । 





  • प्रकाशित मिति : मंसिर १५, २०८० शुक्रबार १४:३४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया