logo-img

अनुशासन र देशप्रेमको भावनाबाटै भावी पुस्ता सबल : प्रधानसेनापति शर्मा
फाइल तस्बिर

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले अनुशासन र देशप्रेमको भावनाबाटै भावी पुस्ता सबल बन्नेमा जोड दिएका छन् । 

सैनिक आवासीय महाविद्याल, पोखराको १९औँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उनले भविष्यका कर्णधार विद्यार्थीलाई भविष्यको सोच, शिक्षाको महत्व, अनुशासन र देशप्रेमको भावना विकास गर्न सकेमा मात्रै भावी पुस्ता थप सबल बन्ने बताए ।

शिक्षा पेसा आफैंमा गौरवपूर्ण र प्रतिष्ठित पेशा भएको बताउँदै उनले पछिल्ला समयमा यसलाई हेप्न थालिएको बताए । शिक्षाको महत्व विस्तारै बढ्दै गएको उल्लेख गर्दै प्रधानसेनापति शर्माले यस पेशालाई उदाहरणीय बनाउनुुपर्नेमा जोड दिए ।

महाविद्यालयमा व्यवस्थापनतर्फ विविएको कक्षा पनि सञ्चालन गर्न लागिएको बताउँदै उनले यसबाट लाभान्वित बन्न आग्रह गर्दै स्नातक तहमा विभिन्न कक्षा सञ्चालन गर्न यो सुरुवात भएको र भविष्यमा अन्य विषयमा पनि पठनपाठन सुरु गरिने जानकारी गराए । 





  • प्रकाशित मिति : मंसिर १५, २०८० शुक्रबार २०:३३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया