logo-img

विमानमा चढ्नै लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र यात्रुले बोकेको झोलामा कसरी लाग्यो आगो ?


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक यात्रुले बोकेको ह्याण्डब्यागमा आगो लागेको छ । बिहान साढे ११ बजेको उडानमार्फत चीन जान लागेका यात्रुको झोलामा आगो लागेको हो । 

विमानस्थलमा बोर्डिङ पास लिएर विमानमा चढ्ने प्रतीक्षामा रहेका चिनियाँ यात्रुले झोलामा राखेको पावरब्यांकमा चार्ज गरेरै आइप्याड चलाइरहेको बेला पावरब्याङ्क पड्किएर झोलामा आगो लागेको हो । 

एयर चाइनाको जहाजबाट चीन जान लागेका यात्रुले बोकेको ह्याण्डब्यागमा आगो लागेपछि आगो तत्काल निभाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाष साहले जानकारी दिए ।

उनका अनुसार ती यात्रुले ब्यागभित्र रहेको पावरब्याङ्कमा जोडेर आइप्याड चलाइरहेका थिए । सो घटनापछि ड्युटीमा रहेका प्रहरी र विमानस्थलका कर्मचारीहरूले तत्काल आगो नियन्त्रणमा लिएका थिए । 

ती यात्रु र विमानस्थलमा कुनै क्षति भएको छैन । अवस्था सामान्य रहेको छ । विमानमा चढ्दा पावरब्याङ्क लगेजमा राख्न दिइँदैन । ह्याण्ड ब्यागमा भने राख्न पाइन्छ ।
 





  • प्रकाशित मिति : मंसिर १७, २०८० आइतबार १४:१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया