logo-img

जापानमा भालु आक्रमण इतिहासमै उच्च

आर्थिक वर्ष २००६ मा रेकर्ड राख्न सुरु भएपछि जापानभर भालुको आक्रमण कीर्तिमानी स्तरमा पुगेको छ । मुलकमा भालुको आक्रमणका  लागि यो वर्ष सबैभन्दा खराब वर्ष हो । 

त्यहाँको पर्यावरण मन्त्रालयका अनुसार आर्थिक वर्ष सुरु हुने अप्रिल महिनापछिको आठ महिनामा मुलुकभर एक सय ९३ वटा भालुको आक्रमण भएको छ र यस क्रममा दुई सय १२ जना घाइते र छ जनाको मृत्यु भएको छ । 

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०२० मा घाइते भएका एक सय ५८ जनाको कीर्तिमानी सङ्ख्यालाई यो आँकडाले नाघेको छ । उत्तरपूर्वी जापानमा ७० प्रतिशत आक्रमण भएको छ । अकितामा ७० र इवातेमा ४५ आक्रमण भएका छन् । 
    
गत नोभेम्बरमा भालुले ३० जनामाथि आक्रमण गरेको थियो । उक्त आक्रमण दोस्रो सबैभन्दा ठूलो थियो । भालु सामान्यतः नोभेम्बरको अन्त्यदेखि डिसेम्बरसम्म शीतनिद्रामा जान्छन् तर मन्त्रालयका अधिकारीहरूले अझै पनि आक्रमण हुनसक्ने चेतावनी दिएका छन् । 







  • प्रकाशित मिति : मंसिर १७, २०८० आइतबार १७:३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया