logo-img

गाजामा इजरायलको हवाई आक्रमण जारी, दर्जनौँ प्यालेस्टाइनी नागरिक मारिए

हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले आइतबार युद्धग्रस्त गाजा पट्टीका विभिन्न क्षेत्रमा नयाँ हवाई आक्रमण गर्दा दर्जनौंको मृत्यु भएको बताएको छ । साथै सयौँ मानिस घाइते भएको बताएको छ । 

इजरायली हवाई हमलाले उत्तरी पट्टीको जबलिया क्याम्पमा रहेको एक आवासीय भवनलाई निशाना बनाइ आक्रमण गरेको थियो । पछिल्लो केही घण्टामा ३७ जनाको ज्यान गएको बताइएको छ ।  

यसैबीच, गाजा शहरको उत्तरमा रहेको अबु एस्कन्दर क्षेत्रमा रहेको एउटा घरलाई निशाना बनाएर इजरायली बमबारीमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् । 

यसबाहेक प्यालेस्टाइन सिभिल डिफेन्स सर्भिसले गाजा शहरको पूर्वमा रहेको याफा स्ट्रिटमा इजरायली युद्धक विमानहरूले ध्वस्त पारेका घरहरूमा कैयौं मानिस मारिएको र घाइते भएको बताएको छ । 

नागरिक रक्षा सेवाका प्रवक्ता महमूद बसालले हालैका घण्टाहरूमा इजरायली हवाई आक्रमणका कारण ८४ जनाको मृत्यु गाजाको अल–मुमालत अस्पतालमा लगिएको जानकारी दिए । 

सरकारको मिडिया कार्यालयका निर्देशक इस्माइल अल–थवाबतेहले आइतबार गाजामा पछिल्लो २४ घण्टामा ७ सयभन्दा बढी प्यालेस्टाइनी नागरिक मारिएका बताए । 





  • प्रकाशित मिति : मंसिर १८, २०८० साेमबार १०:१२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया