logo-img

इजरायली प्रधानमन्त्री भन्छन्- बाँकी बन्धक रिहाइका लागि युद्ध आवश्यक छ

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमाससँगको युद्धविराममा वार्ता सकिएपछि पनि बाँकी बन्धक रिहाइका लागि युद्ध आवश्यक भएको बताएका छन् ।

उनले कतारमा भएको युद्धविरामको वार्ताबाट आफ्नो टोलीलाई बाहिर निकालेपछि इजरायलको घातक भूमि कारबाही जारी नराखि गाजामा बन्धकहरूलाई मुक्त गर्न असम्भव नहुने बताए । शुक्रबार सात दिने युद्धविराम समाप्त हुनुअघि २४ विदेशी नागरिकहरूसहित ११० बन्धकहरूलाई रिहा गरिएको थियो । 

उनकाअनुसार गाजामा हमास र अन्य लडाकुहरूले लगभग १३५ जना अझै पनि बन्दी बनाएका छन् । उनले इजरायली रक्षा बल (आईडीएफ) लाई तीव्रताका साथ लडाई सुरु गर्न निर्देशन दिएको बताए ।

इजरायलले युद्धग्रस्त गाजापट्टीमा ७ अक्टोबरयता करिब १ लाख बम र रकेट आक्रमण गरेको हमासद्वारा सञ्चालित सरकारले जनाएको छ । गाजामा रहेको स्वास्थ्य मन्त्रालयकाअनुसार द्वन्द्व सुरु भएदेखि गाजामा कुल १५ हजार २ सय मानिस मारिएका छन् । जसमध्ये ७५ प्रतिशत बालबालिका, महिला र वृद्धहरू छन् । 





  • प्रकाशित मिति : मंसिर १८, २०८० साेमबार १०:१६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया