logo-img

भारतका तीन राज्यको चुनावमा भाजपाको जित

भारतको प्रमुख सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले मध्य प्रदेश र छत्तीसगढ र पश्चिम राज्य राजस्थानमा भएको निर्वाचनमा जित हासिल गरेको प्रारम्भिक सर्वेक्षणले देखाएको छ । 

मतगणना जारी रहँदा भारतको निर्वाचन आयोगले जारी गरेको पछिल्लो तथ्याङ्कले मध्यप्रदेशका कुल २३० मध्ये १ सय ६६ विधानसभा क्षेत्र, छत्तीसगढका ९० मध्ये ५६ र राजस्थानमा १९९ मध्ये १ सय १५ निर्वाचन क्षेत्रमा भाजपाले जित हासिल गरेको देखाएको छ । 

भाजपाले जितेका तीन राज्यहरूबाहेक पार्टीले दक्षिणी राज्य तेलंगानामा पनि आफ्नो संख्या बढाएको छ । 





  • प्रकाशित मिति : मंसिर १८, २०८० साेमबार १४:३१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया