logo-img

रुसी सेनामा सहभागी ६ नेपालीको मृत्यु पुष्टि (नामावली)
बाँकीलाई फर्काउन सरकारको पहल

रुसी सेनामा सहभागी भएका ६ नेपालीको मृत्यु भएको पुष्टि भएको छ । सोमबार साँझ परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सो पुष्टि गरेको हो । 

मन्त्रालयका अनुसार रुसी सेनामा ज्यान गुमाउनेमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगंगा–१ का रूपक कार्की, कास्कीको पोखराका देवान राई, स्याङ्जाको पुतलीबजार–५ का  प्रीतम कार्की, दोलखा मेलुङ–६ का राजकुमार रोका र इलाम–५ इलामका गंगाराज मोक्तान छन्।

रुसी सेनामा कार्यरत रहँदा हालै ६ जना नेपाली नागरिकको निधन भएको जानकारी मन्त्रालयलाई प्राप्त भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार दिवंगतहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछ।’

उनीहरूको शव यथाशीघ्र नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि मन्त्रालयले रुसी सरकारलाई अनुरोध गरेको छ। आफ्नो सेनामा भर्ना नगर्न र भर्ना भएकाहरूलाई नेपाल फर्काउन पनि सरकारले रुस सरकारलाई आग्रह गरेको छ।

रुसी सेनामा भर्ना भई हाल युक्रेनमा बन्दी अवस्थामा रहेका विवेक खत्रीलाई फिर्ता ल्याउने सम्बन्धमा पहल भइरहेको मन्त्रालयले जनाएको​ छ । 





  • प्रकाशित मिति : मंसिर १८, २०८० साेमबार २२:४३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया